भारतमा पछिल्लो २४ घण्टामा ९७ हजार ८९४ नयाँ कोरोना संक्रमित थपिएका छन्।
भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार यससँगै काेरोना संक्रमित हुनेको संख्या ५१ लाख १८ हजार २५४ पुगेको छ।
त्यस्तै कोरोनाकाे कारणबाट मृत्यु हुनेको संख्या ८३ हजार १९८ पुगेको छ। पछिल्लो २४ घण्टामा मात्र एक हजार १३२ जनाको मृत्यु भएको छ।
अहिलेसम्म कोरोनाका ४० लाख २५ हजार ८० संक्रमित निको भएर घर फर्किसकेका छन् भने १० लाख ९ हजार ९७६ संक्रमित निको हुन बाँकी छन्।
भारत अमेरिकापछि कोरोना भाइरसको कारण सबैभन्दा प्रभावित मुलुक हो। अमेरिकामा अहिलेसम्म कोरोनाका ६६ लाखभन्दा धेरै संक्रमित फेला परिसकेका छन्।