भारतका केन्द्रीय मन्त्री नितिन गडकरीलाई कोरोना संक्रमण

भारतका केन्द्रीय मन्त्री नितिन गडकरीलाई कोरोना भाइरसकाे संक्रमण भएको छ। उनले बुधबार सामाजिक सञ्जाल ट्विटरमार्फत आफूलाई कोरोना भाइरसकाे संक्रमण भएको जानकारी दिएका हुन्।

उनका अनुसार मंगलबार कमजोर अनुभव भएपछि चिकित्सकसँग परामर्श गरी कोरोना परीक्षण गराएका थिए। बुधबार रिपोर्ट पोजिटिभ देखिएपछि उनी आफै आइशोलेशनमा बसेका छन्। 

उनले ट्विटरमा लेखेका छन्, ‘हिजो मलाइ कमजोरी महसुश हुन थालेपछि चिकित्सकसँग परामर्श लिए। मैले चेकअप गराउँदा कोरोना पोजिटिभ देखायो। म आफैलाई आशोलेट गरेको छु।’

उनले आफूलाई कुनै समस्या नरहेकाे समेत बताएका छन् भने आफूसँग सम्पर्कमा आएका व्यक्तिहरूलाइ समेत सावधान रहन आग्रह गरेका छन्।

उनले भनेका छन्, ‘मसँग सम्पर्कमा रहेका व्यक्तिहरू सावधान र प्रोटोकललको पालना गर्नुहोस्।’ 

नितिन गडकरीले १४ सेप्टेम्बरमा मनसुन सत्रअघि संसदमा समेत गएका थिए।

प्रकाशित मिति: : 2020-09-17 06:47:01

प्रतिकृया दिनुहोस्