राजदूत ढकाल र मन्त्री युसुफबीच शिष्टाचार भेट

ओमानका लागि नेपालकी राजदूत सर्मिला पराजुली ढकालले ओमानका व्यापार, उद्योग तथा लगानी प्रवर्द्धन मन्त्री काइस मोहम्मद अल युसुफसँग  कार्यकक्षमा शिष्टाचार भेट गरेकी छिन्।

बुधबार भएकाे भेटमा राजदूत ढकालले युसुफलाई व्यापार, उद्योग तथा लगानी प्रवर्द्धन मन्त्रमा नियुक्त भएकोमा बधाई ज्ञापन गरेकी थिइन्। 

राजदूत ढकालले उनलाई नेपालको वर्तमान स्थिर राजनीति, चलायमान अर्थतन्त्र तथा सुमधुर सामाजिक परिवेशका बारेमा जानकारी गराएकी थिइन्। भेटमा उनले नेपालमा वैदेशिक लगानीको उचित वातावरण श्रृजना भएकोले नेपालका जलविद्युत, भौतिक पूर्वाधार, कृषि, उद्योग एवं पर्यटन् जस्ता आकर्षित क्षेत्रहरूमा ओमानले लागानी गर्न सक्ने राम्रो अवसर रहेको बताउँदै लगानीका लागि विशेष अनुरोध गरेकी छिन्।

 मन्त्री युसुफले नेपालको जलविद्युत तथा कृषि क्षेत्रमा सहकार्य गर्न तयार रहेको बताउँदै नेपालका कृषि क्षेत्रका उत्पादनहरूलाई ओमानको बजारमा विशेष प्राथमिकता दिइने बताए।

उक्त छलफलमा ओमानका व्यापार, उद्योग तथा लगानी प्रवर्द्धन मन्त्रालयका सचिव असिलाह विन्ट सलिम अल स्याम्समी पनि सहभागी थिए। 

प्रकाशित मिति: : 2020-09-16 21:48:39

प्रतिकृया दिनुहोस्