कुलमान नियुक्तिको प्रस्ताव सोमबारको मन्त्रिपरिषद बैठकमै लगिएन

सोमबार बसेको मन्त्रिपरिषद बैठकमा नेपाल विद्युत प्राधिकरणको प्रवन्ध निर्देशक नियुक्तिबारे प्रस्ताव नै गएन। हिजो २८ गते कार्यकाल कुलमान घिसिङको चार वर्षे कार्यकाल सकिएपछि प्राधिकरणको प्रवन्ध निर्देशक पद खाली छ।

आजको बैठकले कुलमानलाई नै पुन:नियुक्ति गर्ने अड्कल गरिएको थियो। उनलाई सरकारले फेरि चार वर्षका लागि नियुक्त गर्छ गर्दैन भन्ने विषय चासोका साथ हेरिएको थियो।

सोमबार बसेको मन्त्रिपरिषद बैठकमा भने उनको नियुक्तिको प्रस्ताव ऊर्जा मन्त्रालयबाटै गएन। 

प्रकाशित मिति: : 2020-09-14 21:45:05

प्रतिकृया दिनुहोस्