मन्त्रिपरिषद् बैठक जारी, वामदेव र कुलमानको एजेण्डा परेन

मन्त्रिपरिषद्को नियमित बैठक जारी रहेकाे छ।

प्रधानमन्त्री निवास बालुवाटारमा नियमित एजेन्डामा छलफल तथा निर्णय गर्नका लागि नियमित मन्त्रिपरिषद् बैठक जारी रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन्।

राष्ट्रिय सभामा नेकपाका उपाध्यक्ष वामदेव गौतम र विद्युत प्राधिकरणमा कुलमान घिसिङको नियुक्ति गर्ने नगर्ने चासो बढिरहेका बेला बैठक चलिरहेकाे छ। 

तर, मन्त्रीहरुलाई अपरान्ह पठाइएको बैठकको कार्यसूचीमा भने कुलमान नियुक्तिको एजेन्डा नपरेको स्राेतले बताएकाे छ।

कुलमानको पहिलो चार वर्षे कार्यकाल आइतबार राति सकिएको छ।

त्यसैगरी राष्ट्रिय सभामा रिक्त सांसद् पदमा राष्ट्रपतिबाट हुने नियुक्तिका लागि नेकपाका उपाध्यक्ष गौतमलाई सिफारिश गर्ने प्रधानमन्त्री ओलीले पार्टी सचिवालयको बैठकमा जानकारी दिएका थिए।

गौतमलाई सिफारिश गर्ने प्रस्ताव आजको मन्त्रीपरिषद बैठकमा आउने अनुमान गरिए पनि त्यो एजेण्डा पनि परेको छैन।
 

प्रकाशित मिति: : 2020-09-14 19:35:40

प्रतिकृया दिनुहोस्