योशिहाडे सुगा जापानका नयाँ प्रधानमन्त्री बन्दै

जापानका नयाँ प्रधानमन्त्रीका रुपमा योशिहिडे सुगाले कार्यभार सम्हाल्ने निश्चित भएको छ। सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टीले उनलाई पार्टीको नयाँ नेता नियुक्त गरेपछि सुगालाई प्रधानमन्त्री बन्ने बाटो खुलेको हो।  

जापानी प्रधानमन्त्री सिन्जो आबेले स्वास्थ्यका कारण राजीनामा दिने घोषणा गरेपछि पार्टीले नयाँ नेता चयन गरेको हो।

प्रधानमन्त्री बन्ने निश्चित भएपछि सम्बोधन गर्दै सुगाले जापानको विकासका लागि आबेले सुरु गरेका  कामहरुलाई निरन्तरता दिने बताएका छन्।

प्रकाशित मिति: : 2020-09-14 16:10:59

प्रतिकृया दिनुहोस्