राष्ट्रसंघीय शान्ति सेनामा सहभागी हुन लिबिया जान लागेका केही सैनिकहरुमा कोरोना भाइरस संक्रमण पुष्टि भएकाे छ।
सैनिक मुख्यालयले आइतबार जारी गरेको सूचनाअनुसार लिबियामा तैनाथ नेपाली सैनिकहरुलाई विस्थापित गर्न जान लागेका सैनिकहरुमध्ये केहीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो।
संक्रमण पुष्टि भएपछि सोमबार सेनाको निर्धारित उडान स्थगित गरिएको छ। तर, मिशनमा तैनाथ फौजलाई बदलि गर्न अर्को टोली लिविया प्रस्थान गर्न लागेको थियो।
काभ्रेपलाञ्चोकको पाँचखालस्थित श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा तालिम समाप्त गरी क्वारेन्टाइनमा रहेकामध्ये उडानपूर्व गरिएको परीक्षणमा केहीमा संक्रमण पुष्टि भएको हो।
संक्रमण पुष्टि भएकाहरुको सम्पर्कमा रहेका अन्यको पनि परीक्षण गरिने र त्यसपछि मात्रै लिविया उडानको मिति तय हुने जंगि अड्डाले जनाएको छ।