प्रमुख प्रशासकीय अधिकृतमा कोरोना देखिएपछि विराटनगर महानगरको सेवा बन्द

विराटनगर महानगरपालिकाले प्रदान गर्दै आएको सेवा पाँच दिनका लागि बन्द भएको छ।

विराटनगर महानगरपालिकाका एक कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि कार्यालयको अत्यावश्यक बाहेक अन्य सेवा पाँच दिनका लागि बन्द भएको हो ।

आइतबार बिहान  प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणी पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको थियो।

पोखरेलको कन्ट्याक ट्रेसिङमा मेयर भीम पराजुली र महानगरका अन्य कर्मचारी पनि परेपछि विराटनगरको सेवा पाँच दिन बन्द गर्ने निर्णय भएको मेयर पराजुलीले बताए।

२९ भदौबाट – २ असोजसम्म रहने बन्दमा स्वास्थ्य, सरसफाई, वरुणयन्त्रसहित अत्यावश्यक सेवा भने सञ्चालनमा रहनेछन् । महानगरमा एक हजार चारसय २ कोरोना संक्रमित छन् । ती मध्ये १७ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति: : 2020-09-13 17:16:15

प्रतिकृया दिनुहोस्