एक महिनापछि राहदानीसम्बन्धी सेवा पुनः सञ्चालन

अध्यागमन विभागबाट विदेशी नागरिकलाई दिइँदै आएको राहदानीसम्बन्धी सेवा एक महिनापछि पुनः सञ्चालन भएको छ । 

विभागमा कार्यरत कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै गत २६ साउनमा बन्द भएको सेवा आजदेखि सुरु भएको हो ।

राहदानी सेवा पुनः सञ्चालन गरेसँगै विभागले गत ८ चैतमा राहदानी नियमित भएका विदेशी पर्यटक अन्तर्राष्ट्रिय उडान सुरु भएको मितिले १५ दिनभित्र स्वदेश फर्कने भएमा निःशुल्क राहदानी प्रदान गरिने जनाइएको छ । 

विभागको अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालय र सिमानाका अध्यागमन कार्यालयबाट निःशुल्क राहदानी नियमित गरी प्रस्थान गराइने विभागका निर्देशक रामचन्द्र तिवारीले जानकारी दिए । 

उनका अनुसार ८ चैतमा पर्यटक राहदानी नियमित भएका तथा विभिन्न कारणले उडान सञ्चालन भए तापनि आफ्नो मुलुक फिर्ता हुन सक्ने विदेशी मङ्सिर मसान्तसम्म नियमानुसार राहदानी शुल्क लिएर पर्यटक राहदानी नियमित गर्ने तयारी भएको छ ।

पर्यटक राहदानी वा अन्य राहदानी रुपान्तरण गर्न चाहनेहरुले १५ दिनभित्र जरिवाना शुल्क र विलम्ब शुल्क नलिई निःशुल्क राहदानी नवीकरण हुने उनले जानकारी दिए । 

उनका अनुसार  ८ चैतसम्म पर्यटक राहदानी नियमित भएका पर्यटकले ५ महिनाका अवधिसम्म गत  ८ चैतदेखि ३० साउनसम्म १ सय ५० दिन निःशुल्क राहदानी बसे तापनि ३० साउनपछि मङ्सिरसम्म शुल्क तिरेर सेवा नियमित गर्न सक्नेछन् ।

अध्यागमन विभाग कालिकास्थानबाट मात्र हुँदै आएको गैरआवासीय नेपाली तथा गैरपर्यटक नाता राहदानी अब झापा र पोखराबाट समेत वितरण हुने भएको छ । 

अध्यागमन कार्यालय काँकारभिट्टा झापा र पोखरा कास्कीबाट राहदानी तथा नवीकरणसम्बन्धी सेवा प्रवाह हुने निर्देशक तिवारीले जनाकारी दिए । 

उनका अनुसार सीमित मात्रामा अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालन भएसँगै केही कर्मचारीबाट दैनिक सेवा प्रवाह भइरहेको छ । रासस

प्रकाशित मिति: : 2020-09-13 15:25:46

प्रतिकृया दिनुहोस्