विप्लव समूहका ताप्लेजुङ सेक्रेटरी पक्राउ

नेत्रविक्रम चन्द 'विप्लव' समूहका जिल्ला सेक्रेटरी किशोर मेन्याङवो लिम्बू पक्राउ परेका छन्। 

फक्ताङलुङ गाउँपालिका ४ तापेथोक छिरुवाबाट शनिबार पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालय ल्याइएको प्रहरी स्रोतले बताएको छ।

उनलाई आइतबार अदालतबाट म्याद थप गरी कारबाही प्रक्रिया अगाडि बढाइने प्रहरी स्रोतले बताएको छ। 
 

प्रकाशित मिति: : 2020-09-13 13:06:42

प्रतिकृया दिनुहोस्