नेपालमा कोरोनाबाट थप १४ जनाको मृत्यु, मृतक ३३६ पुगे

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार ११ पुरुष र तीन महिलाको मृत्यु भएको हो।  

आज मृत्यु हुनेमा सुनसरीका ४३ वर्षीय पुरुष, पर्साकी ७८ वर्षीया महिला, काठमाडौँका ७६ वर्षीया महिला तथा ५१ र ५४ वर्षीय पुरुष  भक्तपुरका ७२ र ३८ वर्षीय पुरुष छन्।

 चितवनका ६१ वर्षीय पुरुष, तनहुँकी ७६ वर्षीया महिला, स्याङ्जाका ८५ वर्षीय पुरुष, गोरखाका ४५ वर्षीय पुरुष, कास्कीका ५१ वर्षीय पुरुष र रुपन्देहीका ४० र ६० वर्षीय पुरुषको पनि कोरोनाबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३३६ पुगेको छ।

प्रकाशित मिति: : 2020-09-12 17:11:30

प्रतिकृया दिनुहोस्