जिल्ला प्रशासन कार्यालय, काठमाडौंले केही भाषिक परीक्षा सञ्चालन गर्न दिने भएको छ।
निषेधाज्ञाकाबीच टोफल, आईईएलटीएस, जीएमटी, जीआरई, जीआरएफडब्ल्यू, अक्युपेसनल अंग्रेजी टेस्ट लगायतका परीक्षा सञ्चालन गर्न पाइने प्रशासकीय अधिकृत कमलप्रसाद पाण्डेद्वारा शुक्रबार जारी सूचनामा उल्लेख छ।
परीक्षा सञ्चालन गर्दा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा जारी परीक्षा सञ्चालन कार्यविधि र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा निर्धारित स्वास्थ्य मापदण्ड भने अनिवार्य पालना गर्नुपर्ने विज्ञप्तिमा उल्लेख गरिएकाे छ।
निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेको भोलिपल्ट जिल्ला प्रशासन कार्यालयले परीक्षा सञ्चालन गर्न दिने निर्णय गरेको हो। काठमाडौं उपत्यकामा ३ भदौदेखि निषेधाज्ञा लगाइएको छ।