धनगढीको दिनेश सञ्चार गृहमा सांघातिक आक्रमण भएको छ।
प्रहरीको थुनवा कक्षभित्रै १५/२० जना युवाहरुको समूहले आत्महत्या सम्बन्धी समाचारलाई समाचारकक्षमै गएर सहसम्पादक जनकसिंह विष्ट लगायतका पत्रकारहरुमाथि आक्रमण गरेका हुन्।
दिनेश खबरले समाचारकक्षमै पत्रकारहरु कुटिएको भिडियो सार्वजनिक गरेको छ। ‘थुनुवा कक्षभित्रै १९ वर्षीय युवकले गरे आत्महत्या’ भन्ने समाचार झुटो भएको भन्दै आक्रमण भएको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले दिएको विवरणका आधारमा थुनुवा कक्षभित्रै १९ वर्षीय युवकले आत्महत्या गरको सम्बन्धी समाचार दिनेश खबरमा प्रकाशन भएको सम्पादक नवराज पनेरुले जानकारी दिए।
उक्त समाचारमा धनगढी उपमहानगरपालिका –१ बाट चोरी मुद्दामा भदौ २२ गते पक्राउ परेका १९ वर्षीय रोशन विकले शौचालयमा आत्महत्या गरेको उल्लेख थियो। तर युवकले आत्महत्या गरेको समाचार झुटो भएको भन्दै आफन्तले समाचार कक्षमै गएर पत्रकारहरुमाथि आक्रमण गरेका हुन्।
नेपाल पत्रकार महासंघ कैलाली शाखाले सो घटनाको निन्दा गरेको छ। घटनामा संलग्नहरुको पहिचान गरी पक्राउ गरेर कानुनी कारबाहीको माग महासंघ कैलालीका कोषाध्यक्ष हिमाल जोशीले गरेका छन्।