लाइसेन्स नवीकरण र सवारी दर्ता आइतबारदेखि

यातायात व्यवस्था कार्यालय काठमाडाैं र ललितपुरले आइतबारदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नवीकरण कार्य सुचारु गर्ने भएको छ।

 बिहीबार एक सूचना जारी गर्दै निषेधाज्ञाका कारण तीन सातादेखि स्थगित रहेको सवारी चालक अनुमतिपत्र नवीकरण कार्य आइतबारदेखि सुरु हुने जनाएको हो।

आइतबारबाट सवारीकर, दर्ता तथा नामसारी लगायत कार्य हुने जानकारी गराइएकाे छ।

अन्य सेवाहरु भने अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित रहने उल्लेख छ।

प्रकाशित मिति: : 2020-09-10 14:40:47

प्रतिकृया दिनुहोस्