एसिड प्रहार गर्नेकाे सम्पत्ती राेक्का गरेर क्षतिपूर्ति भराउछाैं: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड पीडितले माग गरेअनुरूप अमानवीय र जघन्य अपराधका दाेषीमाथि कारबाही गर्न अध्यादेशमार्फत तत्काल नयाँ कानुन बनाइने बताएका छन्। 

यस निम्ति १५ दिनभित्र कानुन मस्याैदा गरिसक्न पनि उनले कानुनमन्त्री र सम्बद्ध निकायलाई निर्देशन दिएका छन्। 

देशभरि एसिड आक्रमणका घटनाहरूमा परेकामध्ये १२ जना पीडितहरूलाई भेट्दै उनले अपराधीकाे सम्पत्ती राेक्का गरी उपचार गर्ने र क्षतिपूर्ति भराउने, भरणपाेषण गर्ने, पीडितलाई  छिटाे अस्पताल पुर्‍याएर उपचार गर्न सबैले सघाउनुपर्ने बताए ।  

यस्तै प्रधानमन्त्री ‌ओलीले वीर र शिक्षण अस्पतालमा उपचारकाे प्रबन्ध मिलाउने, पीडितहरूकाे सम्पूर्ण खर्च सरकारले व्यहाेर्ने र  नियमित प्रयाेग गर्नुपर्ने औषधीकाे खर्च समेत सरकारले व्यहाेर्ने घाेषणा गरे।

आक्रमणकापछि पढ्न चाहनेहरूका लागि नि:शुल्क पठनपाठनकाे प्रबन्ध सरकारले गर्ने उनले  बताए। साथै, उचित तालीम, राेजगारी, व्यवसाय र जिविकाकाे प्रबन्ध सरकारले  मिलाउने समेत उहाँले कार्यक्रममा  जानकारी  गराए। 

प्रधानमन्त्रीले सहुलियतपूर्ण ऋण दिएर व्यवसाय गर्न प्राेत्साहित गरिने बताए।

हरेक बर्ष सेप्टेम्बर १० लाई एसिड आक्रमणविरूद्दकाे जागरण दिवसका रूपमा मनाउने गरी अघि बढ्न समेत उनले सबैलाई आह्वान गरेका छन्।

सभ्य समाज निर्माण गर्न सरकारले एसिड आक्रमणका कुनै घटना नै हुन नदिने तथा आगामी दिनमा यस्ताे पीडा कसैले भाेग्न नपर्ने स्थिति सिर्जना गर्न सरकार लागिपर्ने स्पष्ट पार्दै प्रधानमन्त्रीले  हरेस नखाई अघि बढ्न सहभागीहरूलाई आश्वस्त गरे। 

नेपालमा एसिड आक्रमणका विभिन्न १७ वटा घटनामा  परी १९ जना एसिड पीडितहरू रहेकाे बताइएकाे छ।

प्रकाशित मिति: : 2020-09-10 14:25:59

प्रतिकृया दिनुहोस्