फेरि भारत नै फर्किन थाले नेपाली, सीमामा थामिनसक्नु भीड

तेज बोहरा
बझाङ पिपलकोटका गैरे धामी मंगलबार बिहानै गौरीफन्टा नाका हुँदै भारत जानेहरूको लाइनमा थिए। उनी रोजगारीका लागि भारत जान बझाङबाट सीमा नाकामा स-परिवार पुगेका थिए। कोरोना महामारीकै बीच भारतबाट धामी गाउँमा फर्किएका उनी रोजगारीको कुनै सम्भावना नदेखेपछि फेरि भारतै जान लागेका हुन्।  

तीन महिनाअघि भारतको महाराष्ट्रबाट फर्किएका डडेल्धुराका कमल टमटा पनि पुनः रोजगारीका लागि भारत जान गौरीफन्टा नाका पुगेका थिए। उनको पीडा पनि उस्तै थियो। ‘गाउँमा केही काम छैन, घर व्यवहार चलाउन साह्रै समस्या भएको छ, काम खोज्न त जानु पर्‍यो  नि’, विवशता बताए उनले।

कोरोना महामारीको डरले लकडाउनमा घर फर्किएका कैलाली टीकापुरका भीम बुढा पनि पुनः कामकै खोजीमा भारत जान गौरीफन्टा नाकामै पुगेका थिए। ‘भारतबाट कमाएर ल्याएको सबै सकियो, यहाँ बसेर के गर्ने ?’ उनले उल्टै मार्मिक प्रतिप्रश्न गरे।
 

प्रकाशित मिति: : 2020-09-09 08:40:49

प्रतिकृया दिनुहोस्