नबिल र कामना बैंकका ६ कर्मचारीसहित पर्सा र बारामा थपिए ४५ कोरोना संक्रमित

नबिल र कामना विकाश बैंकका ६ कर्मचारीसहित पर्सा र बारामा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

नारायणी अस्पतालमा बिहीबार राति ५ सय ८४ को स्वाब परीक्षण गर्दा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले जानकारी दिए।

उनका अनुसार संक्रमण पुष्टि हुनेमा पर्साका २७ र बाराका १९ जना रहेका छन्। 

संक्रमण देखिनेमा प्रहरी, बैंकका कर्मचारी गरी १८ वर्षदेखि ४५ बर्षका ३५ पुरुष र १० जना महिलाहरु रहेका छन्। नबिल बैंक वीरगञ्ज शाखाका ५ जना कर्मचारीमा संक्रमण पुष्टि भएको छ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर ९, १०, ११, १४ र २२ का २/२, वडा नम्बर ८, १५ र २१ का एक/एक जनामा संक्रमण देखिएकाे छ।

यता, कालिकामाई गाउँपालिका १ मा २, ३ मा १, सखुवा प्रसौनी गाउँपालिका ४ मा २, ५ मा १, पटेर्वा सुगौली गाउँपालिकामा एकजनामा संक्रमण देखिएको छ।

यस्तै, बाराको निजगढ नगरपालिकामा १४, निजगढ इलाका प्रहरी कार्यालयका ६, सशस्त्र प्रहरी पिलुवामा कार्यरत दुई, कामना विकाश बैंकका एक जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रकाशित मिति: : 2020-09-04 08:55:09

प्रतिकृया दिनुहोस्