गण्डकी प्रदेशमा ४० जना कोरोना संक्रमित थपिएका छन्।
क्षयरोग उपचार केन्द्र, पोखरा र स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा गरिएको परीक्षणमा पूर्वी नवलपरासी (नवलपुर) मा १७, कास्कीमा १६, लम्जुङमा ३, तनहुँमा २ तथा स्याङ्जा र बाग्लुङमा १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ३ सय ५२ पुगेको गण्डकी प्रदेशको कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए।
डा. शर्माका अनुसार पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका १ मा ४ जना, वडा नं. ५ मा ५ जना, वडा नं. ४ मा २ जना, वडा नं. २ मा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
पूर्वी नवलपरासीकै देवचुली वडा नं. ७ मा १ जना पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ।
कास्कीको पोखरा महानगरपालिकामा १६ जना संक्रमित फेला परेका छन्। पोखरा महानगरपालिकाको वडा नं. १५ मा कार्यरत ७ जना पुरुषमा संक्रमण पुष्टि भएको छ।
यसैगरी वडा नं. ७ का १ जना, वडा नं. १२ का १ जना, वडा नं. १० का ३ जना, वडा नं. २७ का २ जना तथा वडा नं. १४, ५ र ३० का १–१ जनामा संक्रमण पुष्टि भएको छ।
लम्जुङ जिल्लाको मध्यनेपाल १ मा १ जना र राईनाश ९ मा २ जनामा कोरोना पुष्टि भएको छ।
यसैगरी स्याङ्जाको कालीगण्डकीका १ जना, बाग्लुङको ताराखोला–३ का एक जना र तनहुँको म्याग्देका १ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको डा शर्माले बताए।