धतुरे महामारी : थलिएको विश्‍व र हाम्रो भाषा

फणिराज नेपाल

भाषा सञ्चारको माध्यम हो। भाषा भनेको शरिरमा भएका नशामा रक्त सञ्चार प्रवाह भएर जीवनलाई धाने जस्तै हो। विश्वमा असंख्य भाषाहरू छन। गन्ती गरेर साध्य छैन। हाम्रो देशमा मात्र १२५ वटा बोलिने भाषाहरू छन। ती मध्ये कतिको कथ्यरुप भेटिँदैन। कतिपय भाषाहरू लोप भइसके।

बोली र लेखन छैन। कतिपय भाषाका बोलीका आधार भए पनि लेख्य रुपमा विकास हुन सकेको छैन। सरकारले राष्ट्रिय भाषाको रुपमा पहिचान र विकास गर्ने भनिए पनि अहिलेसम्म आसलाग्दो काम हुन सकेको छैन। १२५ राष्ट्रिय भाषा मध्ये अहिलेसम्म कतिवटा भाषा होलान्, जुन मातृभाषाका रुपमा प्राथमिक शिक्षा दिने गरिएको होस। औँलामा गन्न पुग्ने अवस्थामा छौं। यसतर्फ ध्यान जानु नितान्त आवश्यक छ।

हाम्रो देशको सन्दर्भमा नेपाली भाषाले राष्ट्रभाषाको रुपमा मान्यता पाएको छ। एघारौं शताब्दीतिर लेख्य रुपमा शुरु भएको खस भाषा नेपाली भाषाको रुपमा विकास हुँदै आएको हो। अहिले त नेपाली भाषा अन्तर्राष्‍ट्रियसम्म पुगेर प्रचारप्रसार भइरहेको छ।
 

प्रकाशित मिति: : 2020-09-02 07:02:06

प्रतिकृया दिनुहोस्