पर्सामा कोरोना संक्रमणबाट थप एक पुरुषको मृत्यु

पर्सामा कोरोना भाइरस संक्रमणका कारण थप एक पुरुषको मृत्यु भएको छ।

वीरगञ्ज महानगरपालिका २० हरपतगञ्जका ५३ वर्षका पुरुषको मंगलबार बिहान पौने एक बजे मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डा अतुलेश चौरसियाले जानकारी दिए।

उनकाे नारायणी अस्थायी कोरोना विशेष हेल्थ केयर अस्पतालमा मृत्यु भएको चौरसियाले बताए।

ती पुरुषको गत साउन ३० गते स्वाब संकलन गरी परीक्षण गरिएकोमा ३१ गते उनमा कोरोना पुष्टि भएको थियो।

श्वासप्रश्वासमा समस्या देखिएपछि सोही दिनदेखि उनी उपचारको लागि अस्पतालमा भर्ना भएका थिए।

उनी मधुमेह, मिर्गौलाका समेत रोगी थिए।

 यो सँगै पर्सामा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३८ पुगेको छ।
 

प्रकाशित मिति: : 2020-09-01 08:08:36

प्रतिकृया दिनुहोस्