चितवनको पुष्पाञ्जली अस्पतालमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ।
भरतपुर १० स्थित पुष्पाञ्जली अस्पतालमा उपचाररत भरतपुर महानगरपालिका २ का ५१ वर्षीय पुरुषको शुक्रबार विहान १० बजे मृत्यु भएको फोकल पर्सन डा सन्दिप पाण्डेले बताए।
ती पुरुष लामो समयदेखि दमका बिरामी रहेको अस्पतालले जनाएको छ।
भदौ ८ गते राति भरतपुर अस्पताल कोभिड १९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा ती पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो।
भदौ ५ गते विहान १० बजे श्वासप्रश्वासमा गम्भिर समस्या आएर अस्पताल भर्ना भएपछि ती पुरुषलाई आईसीयूमा राखेर उपचार सुरु गरिएको थियो
शुक्रवार विहानै चितवन मेडिकल कलेज भरतपुरमा हेटौंडा उपमहानगरपालिका–१९ की ७१ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको थियो।
पुष्पाञ्जली अस्पतालमा हाल एक जना संक्रमितको आइसीयूमै उपचार भइरहेको छ भने अर्का एक जना डिस्चार्ज भएका छन्।
चितवनमा अहिलेसम्म ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। संक्रमित भएर मृत्यु हुनेमा चितवन जिल्लाका चारजना, मकवानपुरका तीनजना र कैलालीका एकजना छन्।