प्रधानमन्त्रीसँग भेट्दै विश्व स्वास्थ्य संगठनका प्रतिनिधिले भने, ‘नेपालमा अझै कठिन दिन आउँदैछ’

विश्व स्वास्थ्य संगठन ‘डब्ल्यूएचओ’का नेपालस्थित आवासीय प्रतिनिधि डा. जोस भान्डेयरले नेपालमा कोरोना संक्रमण अझै बढ्नसक्ने चिन्ता व्यक्त गरेका छन्।

बिहीबा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर नेपालमा कोरोना संक्रमण अझै बढ्नसक्ने चिन्ता व्यक्त गरेका हुन्।

सोही भेटको अवसरमा डा. जोसले कोरोना महामारी नियन्त्रणका लागि नेपाल सरकारले गरिरहेका कामहरुको प्रसंशासमेत गरेका थिए।

त्यस्तै उनले आगामी दिनहरु नेपालका लागि अझ खराब हुनसक्ने बताउँदै त्यसका लागि तयारी गर्न पनि सुझाव दिएको जानकारी गराइएको छ।

उनले क्वारेन्टाइन, आइसोलेशन बेड र स्वास्थ्यकर्मीहरुको यथेष्ट व्यवस्था गर्न प्रधानमन्त्री ओलीलाई सुझाव दिएको जनाइएको छ । पछिल्लो समय नेपालमा तीब्र रुपमा कोरोना संक्रमितहरु बढिरहेका छन् ।

हालसम्म नेपालमा संक्रमितहरुको संख्या ३५ हजार ५ सय २९ पुगेको छ । जसमध्ये बीस हजार ७३ संक्रमितहरु निको भइसकेका छन्, भने १८३ संक्रमितहरुको मृत्यु भइसकेको छ।

प्रकाशित मिति: : 2020-08-27 23:30:54

प्रतिकृया दिनुहोस्