अमेरिकामा अश्वेतमाथि ज्यादती भएको भन्दै टेनिस खेलाडीले सेमिफाइनलबाटै नाम फिर्ता लिइन

अमेरिकामा अश्वेत नागरिकमाथि भइरहेको दूब्र्यवहारको विरोध गर्दै विश्व नम्बर १० टेनिस खेलाड नाओमी ओसाकाले न्युयोर्कमा भइरहेको वेस्टर्न एण्ड सदर्न ओपन डब्ल्यूटिए टेनिस प्रतियोगिताको सेमिफाइनलबाट आफ्नो नाम फिर्ता लिएकी छिन्। 

उनले ट्वीट गरेर यसको जानकारी दिइन। उनले एक्कासी नाम फिर्ता लिएपछि आयोजक समितिले बिहीबार हुने खेल रद्ध गरेको छ। 

आयोजक समितिले सार्वजनिक गरेको विज्ञप्तीमा विस्कान्सनमा अश्वेत नागरिक ज्याकब ब्लेकलाई गोली हानेको घटनाको विरोधमा नाओमीले यो निर्णय लिएको भनिएको छ। 

विज्ञप्तीमा शुक्रबारसम्मका लागि प्रतियोगिता स्थगित गरेको बताइएको छ। नाओमी आफ्नो निर्णयप्रति गम्भीर छिन्। 

उनले प्रहरीद्धारा ब्लेकमाथि गोली प्रहार गरेको घटनाले आफूलाई मानसिक रूपमा विक्षिप्त पारेको बताएकी छिन्। 

विस्कान्सन प्रहरीले गत आइतबार २९ वर्षीय ब्लेकलाई केनोसा क्षेत्रमा सात पल्ट गोली प्रहार गरेको थियो। यसको भिडियो पनि रेकर्ड भएको थियो।

प्रहरीको यो कार्यको विरोध गर्दै शहरको विभिन्न क्षेमा तोडफोड भएको थियो। ब्लेक अहिले खतरामुक्त छन्। उनलाई अस्पताल भर्ना गरिरएको थियो।

प्रकाशित मिति: : 2020-08-27 19:36:51

प्रतिकृया दिनुहोस्