घेरामा डा केसी, अनशन बस्न अवरोध

भदाै १ गते सरकारलाई माग पूरा गर्न १० दिने अल्टिमेटम दिएका डा. गाेविन्द केसीकाे समय बिहिबार सकिएको हुँदा अनशन रोक्न प्रहरीले  उनलाई घेरामा राखेकाे छ।

कोरोना महामारी बिच चिकित्सा क्षेत्रमा सुधारको माग गर्दै अनशन बस्न जुम्ला पुगेका डा. गोविन्द केसीलाई प्रहरीले अवराेध गरेको हो।

उनी बसिरहेकाे हाेटल राेयल गार्डेन आसपास क्षेत्रकाे बिहानैदेखि सुरक्षा व्यवस्था कडा बनाइएको छ।

प्रहरीले डा. केसी बसेको क्षेत्रमा आवतजावत पुरै बन्द गरेकाे छ।  बिहिबार बिहान डा. केसीले पत्रकार सम्मेलनको गर्न खोजे पनि सुरक्षाकर्मीले सबै सञ्चारकर्मीलाई रोकेको थियाे।

डा.केसीले पनि अनशनस्थल बारेमा केही पनि खुलाएका छैनन्। 

यसैबीच केहीबेरमा स्थानीय युवाहरुले डा. केसीको पक्षमा प्रदर्शन गर्ने तयारी भइरहेको बताएका छन्।

प्रकाशित मिति: : 2020-08-27 12:48:48

प्रतिकृया दिनुहोस्