काठमाडौं महानगरपालिका १४ सोल्टीमोडबाट प्रहरीले १ सय १२ थान मोवाइलसहित २ जना भारतीयलाई पक्राउ गरेकाे छ।
महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको टोलीले भारत राजस्थान घर भई काठमाडौं बस्ने ३६ वर्षीय राकेशकुमार र ५२ वर्षीय वनवारी चौधरीलाई पक्राउ गरेको हो ।
उनीहरुको साथबाट प्रहरीले भन्सार छलिका १ सय १२ थान मोवाईल सेट, ३ सय २० थान मोवाईलको डिस्प्ले, ५ सय ९३ थान मोवाईल ब्याट्री र ६ हजार थान क्यालकुलेटर बरामद गरेको छ ।
राकेश र वनवारी केही समयदेखि मोवाइल तस्करीमा संलग्न रहेको प्रहरी परिसरले जनाएको छ । उनीहरुलाई आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान विभागमा पठाइएको छ ।