बहुविवाह मुद्दाका दुईजना प्रतिवादी सात वर्षपछि पक्राउ

बझाङमा बहुविवाह मुद्दाका दुईजना प्रतिवादी सात वर्षपछि पक्राउ परेका छन्। 

जिल्ला अदालत बझाङको २०७० फागुन २३ गतेको फैसलाले बहुविवाह मुद्दामा २ वर्ष कैद र १६ हजार जरिवाना ठहर भएका २ जना प्रतिवादीहरुलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।  
    
पक्राउ पर्नेहरुमा जयपृथ्वी नगरपालिका ३ बस्ने ३४ राजेन्द्र बहादुर खड्का र सोही नगरपालिका बस्ने बाजुरा कुलदेवमाण्डौ घर भएका २७ वर्षीया राधिका खड्का रहेका छन् । 

जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उनीहरुलाई जयपृथ्वी नगरपालिका ९ देवलबाट पक्राउ गरेको हो । 

उनीहरुलाई जिल्ला अदालत बझाङमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानका लागि कारागार कार्यालय बझाङ पठाइएको छ । 

प्रकाशित मिति: : 2020-08-26 14:39:51

प्रतिकृया दिनुहोस्