भदौ १७ गतेसम्म काठमाडौंमा निषेधाज्ञा, पहिलेको भन्दा कडा हुने

काठमाडौं उपत्यकामा भदौ १७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञाको समय थपिएको छ।

बुधबार काठमाडौं, भक्तपुर, ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले निषेधाज्ञाको समय एक साता बढाउने निर्णय गरेको हो।

काठमाडौंमा थप एक साताका लागि अहिलेको भन्दा कडाइसाथ निषेधाज्ञाको समय बढाइएको  काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले  जानकारी गराए।  उनले अत्यावश्यक सेवा तथा वस्तुमाबाहेक पहिलेको भन्दा कडा तरिकाले निषेधाज्ञा कार्यान्वयन गर्ने निर्णय भएको स्पष्ट पारे।

मंगलबार तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसहित स्थानीय तह, उद्योग वाणिज्य, स्वास्थ्यकर्मीलगायतको सर्वपक्षीय बैठक बसेको थियो। उक्त बैठकमा निषेधाज्ञालाई बढाउँदै जानुपर्ने राय सुझाव पेश भएको थियो।

निषेधाज्ञामा पहिलेको जस्तै अत्यावश्यक सेवा खाद्यान्न, तरकारी, दुग्धजन्य चिजहरूलाई सहज गरिने छ। खाद्यान्न, तरकारी, दुग्धजन्य पसलहरू सवा ९ बजेसम्म खुल्नेछन्। सरकारी गाडी, एम्बुलेन्स, कार्डबाहक सवारीसाधनहरूलाई नरोकिने दाहालले बताए।

प्रकाशित मिति: : 2020-08-26 11:42:46

प्रतिकृया दिनुहोस्