दक्षिण कोरियाको राजधानी सिओलमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि सरकारले अनिश्चितकालका लागि स्कुल बन्द गर्ने घोषणा गरेको छ।
दुई साताको भित्र सिओलमा स्कुलमा कार्यरत स्टाफ र विधार्थी गरेर २ सय जनालाई कोरोना संक्रमण देखिएको थियो।
कोरिया कोरोना संक्रमणलाई नियन्त्रणमा राख्ने थोरै देशको सूचिमा पर्छ। यसैले सरकारले २० मे र १ जुनको बीचमा स्कुल खोल्ने निर्णय गरेको थियो।
कोरियामा हालसम्म १७ हजार ९ सय ४५ संक्रमित मात्र फेला परेका छन्। जसमा ३ सय १० जनाको निधन भएको छ।
गत डिसेम्बरको अन्त्यमा छिमेकी चीनको उहानबाट कोरोनाको संक्रमण बढेको खबर बाहिरिने वित्तिकै कोरियाले स्वास्थ्य सुरक्षालाई कडाईका साथ लागु गरेको थियो।