कुलमानको नियुक्तिबारे मन्त्रिपरिषद्‍मा प्रस्ताव लगिएको छैन: ऊर्जामन्त्री पुन

ऊर्जामन्त्री वर्षमान पुनले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई निरन्तरता दिनेबारे मन्त्रालयबाट हालसम्म कुनै प्रस्ताव लगिनसकेको बताएका छन्। 

विभिन्न सञ्चारमाध्यमसहित सामाजिक सञ्जालमा कुलमान फेरि विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएको हल्ला फैलिरहेकै बेला मन्त्री पुनले यसबारे मन्त्रिपरिषद्मा मन्त्रालयबाट कुनै प्रस्ताव नगएको बताए। कुलमानलाई पुनः प्राधिकरणमा निरन्तरता दिने निर्णय गर्नुभएको हो भन्ने रातोपाटीमा प्रश्नमा उनले भने, ‘कुनै निर्णय भएको छैन।’

मन्त्रालय स्रोतका अनुसार यसबारे मन्त्रालय अझै निष्कर्षमा पुगिसकेको छैन। मंगलबार मन्त्रिपरिषद्को बैठक रहेपनि यसबारे एजेण्डा नरहेको मन्त्रालय स्रोतको भनाइ छ। 

प्रस्ताव नगएको अबस्थामा प्रधानमन्त्रीले सिधै प्रस्ताव ल्याएर निर्णय हुन सक्छ तर त्यस्तो संभावना देखिदैन नदेखिएकाे स्राेत बताउछ।

त्यस्तै बालुवाटार स्रोतले पनि आजको क्याविनेटमा सो एजेण्डा नभएको बताए ।

प्रकाशित मिति: : 2020-08-25 19:35:27

प्रतिकृया दिनुहोस्