धानखेतमा होइन, खोला किनारमा कार्यक्रम गरिएको हो: गृहमन्त्रीकाे सचिवालय

गृहमन्त्री रामबहादुर थापा ‘बादल’को सचिवालयले अछाममा धान खेतमा कार्यक्रम गरिएको समाचार गलत रहेको दाबी गरेको छ।

गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईले प्रेस नोट जारी गर्दै भनेका छन्, ‘बाढीले धानखेती नस्ट गरेको खेतसँगैको खोला किनारमा कार्यक्रम गरिएको थियो। नकि प्रचार गरिएजस्तो धानखेतमा कार्यक्रम गरिएको हो।’

साथै, धानखेत नजिकै कार्यक्रमस्थल बनाइएको सन्दर्भमा आएका सुझावलाई आत्मसाथ गरेर आगामी दिनमा सचेतता अपनाउने पनि भनेको छ।

गृहमन्त्री बादल शुक्रबार दलबल लिएर घटनास्थलको निरीक्षण र राहतका लागि भन्दै अछाम पुगेका थिए। उनको हेलिकप्टर मने साउदकै खेतमा ल्यान्ड भयो। त्यही टेबल तथा कुर्सी राखेर कार्यक्रम समेत गरेका थिए।

टोलीमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, नेकपा सांसद भीम रावल, शेरबहादुर कुँवर र तारामान कुँवर, गृहमन्त्रीका विज्ञ सल्लाहकार सूर्य सुवेदी, गृहमन्त्रीका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई, विपद् जोखिम न्यूनीकरण प्राधिकरणका प्रमुख अनिल पोखरेललगायत थिए।

भट्टराईले कार्यक्रमस्थलको छनौट स्थानीय प्रशासन र गाउँपालिकाले गरेको पनि बताएका छन्।

प्रकाशित मिति: : 2020-08-24 17:52:29

प्रतिकृया दिनुहोस्