डोल्पामा जंगली च्याउ खाँदा ४ जना गम्भीर बिरामी

डोल्पाको ठूलीभेरी नगरपालिकामा जंगली च्याउ खाँदा ४ जना गम्भीर बिरामी  भएका छन्।

आइतबार साँझको खानासँगै जंगली च्याउ खाएका ठूरीभेरी नगरपालिका ७, का ३३ वर्षका उत्तमबहादुर शाही, ३१ वर्षका सुर्यबहादुर साही, वडा नम्बर ८ का  ३३ वर्षका कमलबहादुर शाही र वर्ष ४४ को सत्यबहादुर शाही गम्भीर बिमारी परेका प्रहरीले जनाएको छ।

उनीहरुलाई हेलिकप्टरबाट उद्दार गरिएको डोल्पाका प्रहरी प्रमुख डीएसपी नारायण रञ्जितकारले बताए।

‘पहिलो खेपमा  सिम्रिक एयरको हेलिकप्टरले ३ जनालाई सुर्खेत ल्याएको छ,’ उनले भने,‘ एक जनाका लागि भने छुट्टै हेलिकप्टरबाट नेपालगञ्ज पठाइने छ।’

उनका अनुसार एक जनालाई भने नेपालगञ्ज पठाउने तयारी छ।

प्रकाशित मिति: : 2020-08-24 13:27:52

प्रतिकृया दिनुहोस्