गाडी चालकमा काेराेना संक्रमण देखिएपछि मुख्यमन्त्री भट्ट सेल्फ क्वारेन्टाइनमा

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट सेल्फ क्वारेन्टाइनमा बसेका छन्।

मुख्यमन्त्रीको सरकारी निवासको गाडी चलाउदै आएका चालकमा आइतबार कोरोना संक्रमण पुष्टि भएपछि उनी सेल्फ क्वारेन्टाइनमा बसेको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव शिवसिं ओलीले पुष्टि गरे।

‘परिवारका सदस्यहरुलाई बोकेको गाडीका चालकमा कोरोना संक्रमण देखिएको हो,’ उनले भने, ‘अहिले सबै क्वारेन्टाइनमा बसेका छौं।’ ओलीले बताए।

उनका अनुसार भदौ २ गते डोटी जिल्ला अस्पतालमा स्थापना भएको पीसीआर प्रयोगशालाको उद्घाटनका लागि मुख्यमन्त्री भट्टसँगै उनको परिवारका सदस्यहरु पनि गएका थिए।

अहिले मुख्यमन्त्री र मुख्यमन्त्रीका परिवारका सदस्यहरु, चालक, सुरक्षाकर्मी र सम्पर्कमा आएका सबै व्यक्तिहरुको स्वाब संकलनको तयारी भइरहेको ओलीले बताए।

प्रकाशित मिति: : 2020-08-23 17:14:03

प्रतिकृया दिनुहोस्