भारतमा एकै दिन ६८ हजार बढी कोरोना संक्रमित थपिए, ९८१ जनाको मृत्यु

भारतमा एकै दिन ६८ हजारभन्दा बढी कोरोना भाइरस संक्रमित थपिएका छन्।

पछिल्लो २४ घण्टामा ६८ हजार पाँच सय भन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

याेसँगै भारतमा २९ लाख चार हजार भन्दा धेरैमा संक्रमण देखिएकाे छ।

यस्तै कोरोना संक्रमणबाट भारतमा एकै दिन ९८१ जनाको मृत्यु भएको छ।

संक्रमित मध्ये ५४ हजार ९ सय ७५ जनाको मृत्यु भइसकेको छ।

संक्रमित संख्याका आधारमा भारत हाल विश्वकै तेस्रो स्थानमा छ।

पछिल्लो समय भारतका उत्तर प्रदेश, बिहार, पश्चिम बंगाललगायत राज्यमा भाइरसको संक्रमण थप तीव्र बन्दै गएको छ।
 

प्रकाशित मिति: : 2020-08-21 07:19:24

प्रतिकृया दिनुहोस्