लिपुलेक पासमा चिनियाँ जनमुक्ति सेनाको ब्रिगेड नै तैनाथ

नेपाल र भारतबीच तनाव भइरहेको लिपुलेक पासमा चीनले जनमुक्ति सेनाको ब्रिगेड तैनाथ गरेको छ। यसअघि लिपुलेक पास नजिकै केही सैनिक तैनाथ गरेको चीनले अचानक सैनिकको तैनाथी बढाएर १५० लाइट कम्बाइन्ड आर्म्र्स ब्रिगेडको तैनाथी गरेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार यो ब्रिगेडलाई दुई हप्ता पहिले तिब्बतबाट चीनको लिपुलेक ट्राइजंक्सनतर्फ तैनाथ गरिएको छ ।

ब्रिगेड त्रिदेशीय सीमाको केवल १० किलोमिटरको दूरीमा तैनाथ गरिएको छ । चीनले जुलाइमै पाला नजिकै करिब १ हजार सैनिक तैनाथ गरेको थियो । चीनको जनमुक्ति सेनाले त्यहाँ स्थायी चौकी पनि बनाएको थियो । सूत्रका अनुसार २ हप्ता पहिले त्यो क्षेत्रमा २ हजार सैनिक तैनाथ गरेका थिए । लिपुलेक ताल नजिकै १७ हजार फिटको उचाइमा भारतले सडक निर्माण गरेपछि नयाँ दिल्ली र काठमाडौंको बीचमा तनाव पैदा भएको थियो ।

यो क्षेत्र नेपालको सीमाभित्र पर्ने र भारतले अतिक्रमण गरेको भन्दै नेपालले यस क्षेत्रमा आफ्नो दावी गर्दै आएको छ । नेपालले यी क्षेत्र आफ्नो नक्सामा समेटेर परिमार्जित नक्सा जारी गरिसकेको छ । यो सडक मुख्य गरी कैलाश मानसरोवर जाने तीर्थयात्रीहरुले प्रयोग गर्छन् । पछिल्लो समय नेपाल र भारतबीच विगत ३ महिनादेखि विवाद भइरहेको छ ।

प्रकाशित मिति: : 2020-08-21 00:29:23

प्रतिकृया दिनुहोस्