भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको अवस्था गम्भीर

कोरोना भाइरसको संक्रमणका कारण भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको अवस्था चिन्ताजनक भएको छ ।  सैनिक अस्पतालले जारी गरेको विज्ञप्तिअनुसार उनको फोक्सोमै संक्रमण फैलिएको छ । जसले गर्दा उनको स्थिति खराब भएको हो । अहिले उनलाई भेन्टिलेटरमा राखेर चिकित्सकले निगरानी गरिरहेका छन् ।  

बिबिसी हिन्दीका अनुसार कोरोना संक्रमणका कारण उनको अवस्था गम्भीर भएपछि उनलाई सैनिक अस्पतालमा भर्ना गरिएको हो । 

प्रकाशित मिति: : 2020-08-19 14:57:31

प्रतिकृया दिनुहोस्