प्रेस काउन्सिलमा कार्यबाहक अध्यक्ष नियुक्तिको विषयमा कांग्रेसले उठायाे प्रश्न

प्रमुख विपक्षी नेपाली कांग्रेसले प्रेस काउन्सिलमा कार्यबाहक अध्यक्ष नियुक्तिको विषयमा प्रश्न उठाएको छ। 

सरकारले अध्यक्ष नभएको अवस्थामा दुर्गा भण्डारीलाई प्रेस काउन्सिलको कार्यबाहकको जिम्मेवारी तोकेपछि कांग्रेसले प्रश्न उठाएको हो।

काउन्सिलकै सदस्यहरुले वरिष्ठ सदस्यलाई कार्यबाहक दिने व्यवस्था भए पनि  सरकारले नियमावली संंशोधन गरी आइतबार काउन्सिलको सदस्य नियुक्त भएका भण्डारीलाई सोमबार कार्यबाहक अध्यक्षको जिम्मेवारी दिइएको थियो।

नेपाल पत्रकार महासंघ, नेपाल प्रेस युनियन एवं अन्य सरोकारवाला संस्थाहरुसँग संवाद र सहमति बेगर कार्यवहाक अध्यक्ष किशोर श्रेष्ठलाई हटाउने निर्णय लिइएको भन्दै कांग्रेसको समर्थन नरहने प्रवक्ता विश्वप्रकाश शर्माले बताए। 

गुटगत प्रचारको कोटरी काउन्सिललाई बनाउने निर्णय फिर्ता लिएर सरोकारवालाहरुसंग संवाद मार्फत समाधानमा पुग्न कां ग्रेसले प्रधानमन्त्रीलाई सार्वजनिक रुपले अपील गरेको छ।

शर्माद्वारा बुधबार जारी विज्ञप्तिमा भनिएको छ, 'नेकपाको सरकार गठन भएदेखि नै प्रेस स्वतन्त्रता कुण्ठित बनाउन गरिएका कर्मको पछिल्लो उदाहरण प्रेस काउन्सिल प्रकरणमा देखिएको छ। विवादास्पद मिडिया काउन्सिल विधेयक ल्याएर प्रेस काउन्सिलको औचित्य र अस्तित्वलाई नामेट गराउने सरकारको दुस्प्रयाश विगतमा छँदै थियो। त्यसले मुर्तरुप पाउन नसकिरहेको बेला सरकारले ठाडै हस्तक्षेप मार्फत काउन्सिललाई नेकपाको, त्यहाँ भित्र प्रधानमन्त्री निकट गुटको अझ त्यहाँ भित्रपनि केही निस्चित ब्यक्तिको नियन्त्रणमा राख्ने ढंगले चालिएको कदमप्रति नेपाली कांग्रेसको प्रष्ट विमती छ।'
 

प्रकाशित मिति: : 2020-08-19 13:36:09

प्रतिकृया दिनुहोस्