पुरोहितसहितका बाहुनद्वारा घरघरमा गएर गरिने पुजापाठ बन्द गरिएको छ।
बाराको महागढी नगरपालिकाको नेपाल ब्रह्मण समाजका संयोजक बेदानन्द शुक्लाले सोमबार एक विज्ञप्ती जारी गर्दै बढ्दै गइरहेको कोरोना महामारीको प्रकोपबाट आफू बाहुनहरु जोगिनको साथै गाउँ समाजका अन्य यजमानको सदस्यहरुलाई बच्चाउन महामारी निष्कृय नभएसम्म पुजापाठ बन्द गरेकाे जनाइएकाे छ।
बर्षौदेखि यजमानहरुको घरमा गरिँदै आएको त्रयोदशीको पुजा आज सोमबार परेको दिन पनि राेकिएको उनले बताए। यसबर्षको तीज तथा ऋषी पञ्चमी पुजासमेत समाज तथा घरघरमा बाहुनहरुले नगरिने ब्रह्मण समाजले जनाइएको छ ।
यसवर्ष यजमानहरुले आफै घरमा भगवानको प्रतिक फोटो, कुश वा कलशमा पुजा गरेर आत्मालाई शान्ति दिने समाजका संयोजक शुक्लाले सबै बर्गमा अनुरोध गरेका छन् । तीज भदौ ५ गते शुक्रबार तथा ऋषि पञ्चमी भदौ ७ गते आईतबार मनाउने भएको छ ।
विश्व महामारीबाट बाँच्न कुनै पनि ठाउँमा सभा, भेला, गोष्ठी तथा सामुहिक भेला हुन नदिन जिल्ला प्रशासन कार्यालय बाराले अनिश्चित कालका लागि गरेका निषेधज्ञा पाल्ना गर्न कसैको घरमा गएर पुजा गर्न वा गराउन नहुने महागढीमाई नगरपालिकाका सबै ब्रह्मण समाजमा विज्ञप्ती मार्फत अनुरोध गरिएको छ ।