न्यूजिल्याण्डको आमनिर्वाचन एक महिनापछि धकेलियाे

न्यूजिल्याण्डको आमनिर्वाचन एक महिनापछि धकेलिएको छ।

प्रधानमन्त्री ज्यासिन्डा आर्डर्नले कोरोना भाइरसका संक्रमितहरु पुनः देखिन थालेपछि निर्वाचन एक महिनापछि सारिएको घोषणा गरेकी हुन्।

न्यूजिल्याण्डमा आउँदो सेप्टेम्बर १९ मा आमनिर्वाचन हुँदै थियो। अब अक्टोबर १७ मा आमनिर्वाचन हुने प्रधानमन्त्री ज्यासिन्डाले बताइन्।

यो हप्ताको सुरु कोरोना संक्रमति देखिएपछि न्यूजिल्याण्डको सबैभन्दा ठूलो शहर ओक्ल्याण्डमा पुनः लकडाउन लागु गरिएको थियो।

आइतबारसम्म न्यूजिल्याण्डमा एउटै क्लस्टरसँग जोडिएका कोरोना भाइरसका ४९ संक्रमित पत्ता लागेका छन्।

न्यूजिल्याण्डमा कुल संक्रमितको संख्या १६ सय २२ रहेको छ। अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट न्यूजिल्याण्डमा २२ जनाको ज्यान गएको छ।

तर प्रधानमन्त्री ज्यासिन्डाले सोमबार निर्वाचनको नयाँ मितिले पार्टीहरुलाई परिवर्तित परिवेशमा नयाँ रणनीतिहरु बनाउन तथा चुनावी अभियान चलाउन अवसर दिने बताएकी छन्।

प्रकाशित मिति: : 2020-08-17 07:18:34

प्रतिकृया दिनुहोस्