फेसबुकबाट चिनजान, प्रलोभन देखाएर गेष्ट हाउसमा जबरजस्ती करणी

प्रतिकारत्मक तस्वीर

जबरजस्ती करणीको अभियोगमा एक युवक पक्राउ परेका छन्।

कीर्तिपुर घर भएका १९ वर्षीय सबिन मानन्धरलाई एक महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा शनिबार प्रहरीले पक्राउ गरेको हो।

फेसबुकमार्फत चिनजान भएकी ती महिलालाई ललाई फकाई प्रलोभनमा पारी काठमाडौं महानगरपालिका-१४ कलंकीस्थित जगदम्बा गजुरमुखी गेष्ट हाउसमा बोलाएर साउन २९ गते जबरजस्ती करणी गरेका थिए। 

खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले सबिनलाई कीर्तिपुरबाट पक्राउ गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: : 2020-08-16 17:55:37

प्रतिकृया दिनुहोस्