महाराजगञ्जस्थित प्रहरी अस्पतालमा कार्यरत दुई जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)सहित ३७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
बिहीबार अस्पतालमा कार्यरत सबैको स्वाब संकल गरेर परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण देखिएको नेपाल प्रहरी अस्पताल स्रोतले जनाएको छ।
‘स्वाब संकलन गरेर परीक्षणको लागि पठाइएकोमा ३७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। सबैको पीसीआर रिपोर्ट शनिबार बिहान आएको हो,’ एक अधिकारीले भने।
पछिल्लो समय कोरोना रोकथाम तथा नियन्त्रणका लागि अग्रपंक्तिमा खटिएको नेपाल प्रहरीका ६२० जनामा कोरोना संक्रमण देखिएको छ।
संक्रमितमध्ये २४० जना निको भएका छन्।