'आमालाई भागौँ भन्दाभन्दै मलाई पहिरोले बगायो'

सिन्धुपाल्चोकको जुगल गाउँपालिका-२ लिदीस्थित लामा गाउँमा पहिरोले पुरिँदा ३६ जना बेपत्ता छन्।  त्यही पहिरोले बगाएर पनि बाँच्‍न सफल भएका एकजना भाग्यमानी हुन् पासाङ दोङ।

बिहान गाउँमाथिबाट झर्दै गरेको पहिरो देख्‍नेबित्तिकै उनी भाग्‍न तयार थिए। तर आमालाईसमेत पहिरोबाट जोगाउन खोज्दा खोज्दै छोप्यो। उनी आमालाई भागौँ भागौँ भनिरहेका थिए तर उनलाई पहिरोले छोपिहाल्यो।

तर ३६ जना हराइरहेको पहिरोमा परेका उनी भाग्यले बाँचे। अहिले उनको उपचार सिन्धुपाल्चोक जिल्ला अस्पतालमा भइरहेको छ। बिहान ६ बजे झरेको पहिरोबाट उद्धार गरेर चौतारा पुर्‍याइएका घाइते पासाङ दोङले पहिरोले आफ्ना परिवारकासहित धेरैजना हताहत भएको जानकारी दिए।
 

प्रकाशित मिति: : 2020-08-14 13:22:12

प्रतिकृया दिनुहोस्