सोमबार, १५ डिसेम्बर २०२५

सीमामा सशस्त्र प्रहरीका लागि सहयोगी चिनियाँ सुरक्षाकर्मी, तर भाषा नजान्दा दुबैतर्फ समस्या

News Image
• • •

एक वर्षअघि राजधानी काठमाडौँमा चिनियाँ ह्याकरले बैंक एटीएम ह्याक गरे। पैसा चोरिरहेको अवस्थामा दरबारमार्गबाट चिनियाँ नागरिक पक्राउ पनि परे। तर समातिएका उनीहरुसँग सोधपुछ गर्ने जनशक्ति प्रहरीसँग थिएन। कारण - भाषा।

त्यसपछि दोभाषे ल्याएर सोधपुछ गरियो। पछि नेपाल प्रहरीले विमानस्थल, अध्यागमनलगायत ठाउँमा खटिने प्रहरीलाई चिनियाँ भाषा तालिम दियो। त्यतिबेला उत्तरी छिमेकी चीनको भाषा जान्ने सुरक्षाकर्मी राजधानीमै थिएनन्। झन् सीमामा के होला?

अहिले सशस्त्र प्रहरी बल नेपालले चीनसँग जोडिएको सीमामा धमाधम बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरिरहेको छ। सीमा सुरक्षाको जिम्मेवारी पाएको सशस्त्रले बोर्डरमै संयुक्त गस्ती पनि गर्नुपर्छ। गरिरहेको पनि छ। यस्तो बेला खाँचो पर्छ भाषा। भाषागत ज्ञान नहुँदा दुबै देशका सुरक्षाकर्मीले सीमामा समस्या झेल्दै आएका छन्।

सशस्त्र प्रहरी बल प्रधान कार्यालय हलचोकका अनुसार चीनतर्फ सीमामा चार वटा बीओपी स्थापना भएका छन्। अझै थप पाँच वटा स्थापना हुने क्रममा छन्। कोरोना महामारीका कारण पोस्ट स्थापनामा केही ढिलाई भएको हो।

दार्चुलाको छाङरु (अब गुल्म बन्दैछ), हुम्लाको हिल्सा, मुस्ताङको नेचुङ (कोरला) र सोलुखुम्बुको किमाथांकामा बीओपी स्थापना भइसकेको छ। त्यसैगरी चीनसँग जोडिएका जिल्लामा ९ वटा गुल्म छन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!