कोरोनाले प्रभावित बनेको राधा-कृष्ण रथयात्रा

विराटनगरको ऐतिहासिक राधाकृष्ण रथयात्रा कोरोनाका कारण प्रभावित भएको छ। हजारौं श्रदालुभक्तजन सहभागी हुने उक्त यात्रालाई विराटनगर महानगरपालिका र आयोजकले सामान्य विधि पुर्वक मात्र मनाएका छन्।

तामझामबीना सामान्य खटमा प्रतिकात्मक राधा र कृष्णको जोडि राखेर नगर परिक्रमा गराइएको थियो। यसमा नगरका जनप्रतिनिधि र केहि धार्मिक अगुवा मात्र सहभागी भएका थिए। 

राधाकृष्ण धर्मकला व्यवस्थापन समितिका अध्यक्ष बाबराजा ओझाले परम्परा मात्र धान्न समान्य रुपमा -याली निकालिएको बताए।

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले कोरोना महामारीका कारण धेरैको भिड गर्ने अवस्था नभएको भन्दै पूर्वसुचनाबीनै सामान्य विधि मात्र पु-याइएको जानकारी दिए। उनले २०२८ सालदेखि विशाल राथयात्राको थालनी भए पनि यस पटक भने सामान्य रुपमा राकाकृष्णको जोडिलाई नगर घुमाइएको बताए। यसको प्रारम्भ विक्रम सम्वत १९८८ सालदेखि भएको इतिहास छ।

 

यसअघि विराटनगर महानगरपालिकाले सार्वजनिक बिदा दिँदै धुमधामका साथ राधाकृष्ण रथयात्रा मनाउने चलन थियो। यसलाई दक्षिण एसियाकै ठूलो रथयात्रा मानिन्छ।

प्रकाशित मिति: : 2020-08-12 17:03:59

प्रतिकृया दिनुहोस्