सात जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए

गृह मन्त्रालयले ७ जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरेको छ। रौतहट, मनाङ, मुस्ताङ, रुकुम पश्चिम, दैलेख, म्याग्दी र प्युठानका प्रमुख जिल्ला अधिकारी फेरिएका हुन्।

दैलेखमा सन्तबहादुर सुनार, रौतहटमा उमेश बस्नेत, म्याग्दीमा उमाकान्त अधिकारी, मुस्ताङमा हिरादेवी पौडेल, मनाङमा ध्रुव गिरी, प्युठानमा खिमराज भुसाल र रुकुम पश्चिममा राजकुमार राईलाई सरुवा गरिएको छ।

सुनार र बस्नेत सहसचिव हुन् भने बाँकी उपसचिव हुन्।

प्रकाशित मिति: : 2020-08-10 05:53:00

प्रतिकृया दिनुहोस्