करेन्ट लागेर बुधबार दिउँसो तनहुँमा एक युवकको मृत्यु भएको छ।
व्यासनगरपालिका ४ निवासी ३० वर्षीय सुवास श्रेष्ठको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
व्यासनगरपालिका १ विज्ञानचौरस्थित पिताम्बर थापाको घरमा वल्डलिङ्कको नेट जोड्ने क्रममा उक्त घट्ना भएको हो।
करेन्ट लागेर सख्त श्रेष्ठको दमौलीस्थित रत्नहरि मेमोरियल अस्पतालमा लैजाँदा चिकित्सकले मृत्यु भएको घोषणा गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए।