जगरनाथपुरबाट ३५ किलो चरेस बरामद, तस्कर फरार

पर्साको जगरनाथपुर गाउँपालिकाबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा लागुऔषध चरेस बरामद गरेको छ ।

जगरनाथपुर गाउँपालिका ६ झाक्रा मसियानी टोलबाट बिहान ४ बजेको समयमा सशस्त्रको टोलीले ७० वटा प्याकेटमा रहेको ३५ किलो चरेस बरामद गरेको हो । 

कोरोना भाइरस संक्रमण फैलन नदिन भन्दै अहिले जिल्लाभर निषेधाज्ञा लागु छ । तर तस्करहरुले यही मौका छोपेर लागुऔषधको कारोबारलाई तिब्रता दिएका छन् । 

तस्करहरुले गण्डक नहरको बाटो भएर जानकीटोल हुँदै चरेस भारत लैजान लागेको भन्ने सुराकी पाएपछि बरामद गरिएकाे सशस्त्र प्रहरी बेसक्याम्प पोखरीयाका प्रहरी निरीक्षक हरित बढुवालले जानकारी दिए । 

प्रहरीलाई देखेपछि चरेस छाडेर तस्करहरु भागेको बढुवालले बताए । बरामद चरेस बुधबार सशस्त्र प्रहरीले सार्वजनिक गरेको छ ।

प्रकाशित मिति: : 2020-08-05 12:51:33

प्रतिकृया दिनुहोस्