चार वर्षमा ३० बलात्कार

 चार वर्षका अवधिमा ३० महिला तथा बालिकामाथि बलात्कार भएको छ।

बलात्कारका घटना आफन्त तथा चिनजानकैबाट भएको जिल्ला प्रहरी  कार्यालयले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पछिल्लो वर्षमा बलात्कारका घटना बढ्दै गएका छन्। कयौँ त्यस्ता घटना भने समाजमै मिलाउने भएकाले सबै  प्रहरीसम्म पुगेका छैनन्।

आव २०७३÷०७४ मा तीन जबर्जस्ती करणी तथा दुई जबर्जस्ती करणी उद्योगका मुद्दा दर्ता भएको छ।

यस्तै आव २०७४÷०७५ मा पाँच जबर्जस्ती करणीका मुद्दा दर्ता भएको प्रहरी निरीक्षक भाष्कर चन्दले जानकारी दिए।

‘यसैगरी आव २०७५÷०७६ मा पाँच जबर्जस्ती करणी र दुई जबर्जस्ती करणी उद्योगका मुद्दा दर्ता भएको तथा आव २०७६÷०७७ मा जबर्जस्ती करणीका आठ र जबर्जस्ती करणी उद्योगका छ मुद्दा दर्ता गरिएको छ’ उनले भने। 

बलात्कारका घटनामा अधिकांश बालिका पर्ने गरेको प्रहरीको तथ्याङ्क छ। अझै ग्रामीण क्षेत्रबाट बलात्कार, यौन दुव्र्यवहार र महिला हिंसाका अधिकांश घटना प्रहरीसम्म पुग्न नपाई समाजमै लुकाइएका छन्। 

प्रहरी तथा अदालतसम्म बलात्कार र यौन दुव्र्र्यवहारका घटना जानकारी दिँदा आफु समाजमा अपहेलित हुने डरका कारण पनि सहेर बस्ने गरेको इन्सेकले जनाएको छ। 

स्थानीय तहमा न्यायिक समिति भएता पनि अझैसम्म महिला पीडित हुँदा खुलैर उजुरी दिन नसक्ने अवस्था रहेको अधिकारकर्मीको भनाई छ।
 

प्रकाशित मिति: : 2020-08-05 11:50:33

प्रतिकृया दिनुहोस्