मट्टीतेल खन्याएर आफैलाई आगो लगाएका युवाको मृत्यु

रुपन्देहीको देवदहस्थति एक क्वारेन्टाइनमा मट्टीतेल खन्याएर आगो लगाएका युवाको ज्यान गएको छ। उनको उपचारका क्रममा अस्पतालमा निधन भएको हो।

रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर ७ शित्तलनगरस्थित क्वारेन्टाइनमा सुरक्षा गार्ड बसेका २४ वर्षिय विपिन बस्यालले मंगलबार बिहान ३ बजेतिर शरीरमा मट्टीतेल खन्याएर आगो लगाएका थिए।

शरिरमा आगो लगाएपछि गम्भीर अवस्थामा उद्धार गरिएका उनको देवदह मेडिकल कलेजमा उपचार हुन नसकेपछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पठाइएको थियो।

शरीरको अधिकांश भाग जलेको कारण उनको उपचारको क्रममा बिहान ९ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक नविन चुंदालीले जानकारी दिए।

उनले आफ्नै शरीरमा किन आगो लगाएका हुन् भन्ने खुल्न सकेको छैन। प्रहरीले घटनाको अनुसन्धान सुरू गरेको छ।

प्रकाशित मिति: : 2020-08-04 10:16:52

प्रतिकृया दिनुहोस्