अवैध कपडा बरामद

जिल्ला  प्रहरी कार्यालय बाँकेले ठूलो मात्रामा राजश्व छलेर नेपाल भित्र्याइएका कपडा बरामद गरेको छ।

नेपालगञ्ज उपमहानगरपालिका–ं १५ जमुनाहाबाट प्रहरीले ठूलो मात्रामा कुर्ता, टिसर्ट, सुरुवाल बरामद गरेको प्रहरी प्रवक्ता सुवास खड्काले जानकारी दिए।

‘भारतबाट अवैध रुपमा ल्याउँदै गरेका ५०० थान कुर्ता, सय थान टिसर्ट र २०० थान सुरुवाल बरामद गरेको हो’ उनले भने।

कोरोनाको त्रास भएता पनि चाडवाड नजिकिदै गर्दा तस्कर कपडा भित्राउन लागिपरेको उनको भनाइ छ।
 

प्रकाशित मिति: : 2020-08-02 11:47:37

प्रतिकृया दिनुहोस्