कोरानाबाट ज्यान गुमाउने ५८ पुगे

नेपालमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ५८ पुगेका छ। वीरगन्जमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएसँगै ज्यान गुुमाउनेको संख्या ५८ पुगेको हो। 

पर्साको वीरगञ्ज १६ निवासी ५० वर्षीया र ६८ वर्षीया महिलाको गएराति ज्यान गएको हो। नारायणी कोरोना अस्थायी अस्पताल गण्डकका डा. निरज सिंहका अनुसार ६८ वर्षीया महिलाको शनिबार मृत्यु भएको हो । 

यस्तै ५० वर्षीया महिलाको शुक्रबारै वीरगन्जस्थित बयोधा अस्पतालमा मृत्यु भएको भएको थियो । पछि पिसिआर नतिजा आउँदा संक्रमण पोजेटिभ देखिएको हो ।

स्वास्थ्य मन्त्रालयको पछिल्लो अपडेट अनुसार मुलुकभर २० भन्दा बढी संक्रमित फेला परेका छन्। भने १४ हजार ४९२ जनालाई निको भएको छ ।

प्रकाशित मिति: : 2020-08-02 09:28:14

प्रतिकृया दिनुहोस्